राज्यको गलत नीतिका कारण युवाहरु धमाधम पलायन
- बैशाख २३, २०८१
- 0
कुनै एक जमानामा एउटा रुन्चे गायकले रुदै ‘नाई मलाई तेहि केटि चाहिन्छ ।’ भनेर गीत गाएका थिए त्यो गीता त्यतिबेला बजारमा खुब चलेको थियो तर त्यो गीत धेरै दिन बजारमा चल्न पाएन किनकी ती गायक केटीकै कान्डमा मामाघरको खोरमा जाकिन पुगे । मलाई अहिले ती गायक सँग ठ्याक्कै मेल खाने प्रवृत्ति हाम्रा अहिलेका मामाघरका मालिक गृहमन्त्री रवि लामिछानेको लिडेढिपीले कतै उनी पनि तिनै गायककै हबिगतमा पुग्ने हुन् कि भन्ने चिन्ताले सताउन थालेको छ ।
उनको त्यो रुन्चे लिडेढिपी सायद उनले आफुलाई लागेका आरोपहरु मेटाउनकै लागि हो भन्ने सबैले थाहा पाएकै छन् । खैर उनी आफुले चाँहि जनताको सेवामा लागेको निकै जनप्रिय नेताको खोल ओडेको भ्रम सृजना गर्न तल्लीन छन् ।
उनको त्यो चतु¥याइँलाई देवत्वकरण गर्नेहरुको जमात पनि यहाँ ठुलै छ । मैले आगाडी नै यिनलाई ती गायकसँग तुलना गरे तर आशा गराँै ती गायकको जस्तो हबिगत यिनले भोग्न नपरोस् । ‘आगे जो भगवान भरोसा ।’ अब मैले यहाँ एउटा कुरा नढाटिकन भन्ने पर्ने हुन्छ कि आफै जोगिन र चोखिन सत्तामा पुगेका यस्ता भोगिहरुबाट आशा र भरोसा राख्ने तपाई हामी चाँहि कस्ता जनता हौ त ?
आफुले आफैतिर आंैला उठाउनु पर्ने समय ढिला पो भईसक्यो कि ? जनताका दुःख पिडाहरुलाई भजाएर आ–आफ्नै स्वार्थ सिद्ध गर्न जुनसुकै हथकण्डा अपनाउन पनि पछि नपर्ने नरपशुहरुबाट देशले कोल्टे फेर्छ भनेर सपना देख्ने तपाई हामी स्वयम् बेबकुफ बन्नु हो ।
यसरी आ–आफ्नो स्वार्थ सिद्धिका लागि जो सुकै सँग घाटि जोड्न पुग्ने चाँहे जुनसुकै राजनैतिक दल हुन् यिनले देश र जनताको भलाई खासै माखो मार्ने छाँटकाट देखिदैन । त्यसैले पनि जनताले पनि सत्य तथ्य नबुझिकन हावाको पछि लाग्नु आत्मघाती निर्णय पनि हुनसक्छ ।
बेलैमा बुद्धि पु¥याउनु जरुरी छ । देशले अहिले बालेन शाह हर्क साङ्पाङ र गोपी हमाल जस्ता लिडर खोजिरहेको छ । जसले आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताप्रति जवाफदेही पुर्ण काम गरिरहेका छन् नकि हो–हल्ला र तामझाम का बिचमा आफैलाई धोई पखाली गरिरहनु जरुरी ठानेका छन् ।
देशको महत्वपुर्ण बागडोर सम्हालेका नेताको बालहठले जनताले दिनदिनै दःुख पाईरहनु परेको छ । तर उनी नाजवाफ भाषण ठोक्दै निरलज्ज दौडिरहेका छन् । मानौ जनताहरु सबै सुखै–सुखमा छन् । देशमा रामाज्य छ । तर त्यो गलत हो । जनता दिन प्रतिदिन दुःख र पिडाको भुमरिमा फसिरहेका छन् ।
राज्यको बागडोर समालेका मालिकहरु आफ्नै शालिक बनाउन तल्लीन छन् जनताको दिनचर्या सँग यीनलाई बाल मतलब छैन । यी सबै आ–आफ्नै डम्फु बजाएर नाचिरहेका छन् । जनताको पिडाले दिन दिनै सगरमाथाको शिखर चुम्दैछ । राज्यका नीति निर्माताहरु सिंहदरवारमा दिवासपना देखेर घुर्दै छन् ।
गरिखानेहरु दिनदिनै पलायन भई रहेका छन् । लुटि खानेहरु दिन दुगुना रात चौगुना मौलाई रहेका छन् । आखिर गणतन्त्रको फल यहि रहेछ जनता पछुतो मानिरहेका छन् नेतृत्वलाई धारेहात लगाईरहेका छन् । नौजवान युवाहरु पलायन भैरहेका छन् । त्यो भन्दा दुःखको कुरा के हुन सक्छ देशको लागि ?
लेखक : बैकुण्ठ दाहाल, तृतीय उपाध्यक्ष, राष्ट्रिय व्यापार संघ