सिटी एक्सप्रेस मनी ट्रान्सफर अब यूकेमा पनि
- बैशाख ९, २०७६
- 0
सिटी एक्सप्रेस मनी ट्रान्सफरले यूकेमा संचालनमा ल्याएको कार्यालयको औपचारिक सुभारम्भ गरेको छ । यूकेको रेडीङस्थित कार्यालय एक कार्यक्रमकाबीच बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले उदघाटन गरेका हुन ।
सो अवसरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायतका अध्यक्ष कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोल राज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेश कुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के लिमिटेडका प्रबन्ध निर्देशक करम बहादुर गुरुङको सहभागिता रहेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के भर आफ्ना प्रतिनिधिमार्फत पनि दिने योजना बताएको छ । साथै छिट्टै नै यू.केबाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउदै नेपालको ७००० भन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।