लगानी सम्मेलनले नेपाल आकर्षक गन्तव्य हो भन्ने पुष्टि गर्छ : अर्थमन्त्री
- बैशाख १६, २०८१
- 0
अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै लगानीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
काठमाडौंमा भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघान सत्रमा सम्बोधन गरेका मन्त्री पुनले नेपाललाई आकर्षक गन्तव्यको रूपमा चिनाउनु नै सम्मेलनको मुख्य उद्देश्य भएको समेत बताए ।
उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा भएका सुधार र कामबारे जानकारी गराउनु, लगानी सम्मेलका लागि तयार भएका परियोजनाहरूसहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेकोमा जोड दिए ।
नेपालको निमन्त्रणामा आएका अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आभार प्रकट गरेका मन्त्री पुनले सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवालाबिच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको बताए ।
0 प्रतिक्रिया
आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना
नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन बेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको […]
उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मन्त्रिपरिषद्को सिफारिस […]
राहदानी विभागको काम आंशिक सुचारु, प्राविधिक टोलीले काम गरिरहेको दाबी
सर्भरको समस्या देखाउँदै सेवा अवरुद्ध गरेको राहदानी विभागले आइतबार दिउँसोदेखि सेवा सुचारु गरेको दावी गरेको छ । तर सेवाग्राहीले सेवा […]
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति […]
मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका […]