वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचिकरण हुन आवेदन दिएका संस्थाको अनुगमन गरिदै
- बैशाख ८, २०७६
- 0
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका स्वास्थ्य संस्थाको अनुगमन आइतवारदेखि थाल्ने भएको छ ।
मन्त्रालयमा सुचिकरणका लागि निवेदन दिएका १ सय २६ स्वास्थ्य संस्थाको अनुगमन थालिने र विशेषज्ञ सम्मिलित समितिले अनुगमन तथा निरिक्षण गर्ने मन्त्रालयले जनाएको छ । वैदेसिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परिक्षण गर्न मन्त्रालयले २०७५ चैत १३ गते स्वास्थ्य संस्थाहरुलाई सुचिकरणको लागि आह्वान गरेकोमा १ सय २६ वटा संस्थाको निवेदन परेको हो ।
मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसमेतको टोलीलाई आवश्यक विवरण उपलब्ध गराई अनुगमन/निरीक्षणमा सहयोग गर्न निवेदक ती स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अघिकृत रहेको चारवटा टोली अनुगमनमा जानेछ । अनुगमन टोलीले उपत्यका र उपत्यका बाहिरका स्वास्थ्य संस्थाहरुको १५ दिन भित्र अनुगमन तथा निरीक्षण सकेर सुचिकरणका लागि सरकारलाई सिफारिस गर्नेछ ।