सिंहदरबार परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा शुभारम्भ
- बैशाख २, २०७६
- 0
नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय संचालनमा आएको छ ।
सिंहदरबार परिसरको शाखा कार्यालयको संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले आईतबार एक कार्यक्रमकाबीच औपचारि शुभारम्भ गरेका हुन । यो समेत बैंकको शाखा संख्या २१८ पुगेको छ ।
सो समारोहमा प्रमुख अतिथि महेन्द्रमान गुरुङले सिंहदरबार भित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेपछि सरकारी आर्थिक कारोबार गर्न थप सहयोग पुग्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने वताए ।
सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबिन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा.माधबप्रसाद दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
साथै, राष्ट्रिय सभा गृहमा भएको अर्को एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यकी आमा धनमाया शाक्यको राष्ट्रिय वाणिज्य बैंकमा समृद्धि बचत खाता खोली नेपाल सरकारले सुरु गरेको सबैं नेपाली नागरिकको बैंक खाता खोल्ने राष्ट्रिय अभियानको शुभारम्भ समेत गरे ।
हाल बैंकको ७७ जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।