ग्लोबल आइएमई बैंकको बैशाख १ गतेदेखि ‘सबै नेपालीको बचत खाता’ योजना शुरू
- बैशाख १, २०७६
- 0

ग्लोबल आइएमई बैंकले ‘सबै नेपालीको बचत खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकारले बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धिसँग जोडौं नाता स् सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत यो योजना ल्याएको हो ।
नेपाल सरकारले शुरु गर्न लागेको अभियानलाई सघाउन बैंक खाता नहुने नेपाली नागरिकलाई लक्षित गरि बैंकले नयाँ बचत खाता शुरु गरेको जनाएको छ ।
आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्र्तगत खाता खोल्ने ग्राहकलाइ बैंकले १०० रुपैयाँ बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ ।
उक्त खाता बैंकका सबै शाखा तथा ९ वटा एक्सटेन्सन काउण्टर मार्फत खोल्न सकिने छ ।
खाता खोल्न नागरिकता, राहदानी, फोटो सहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खोल्न सकिनेछ ।