हङकङका सफल नेपाली व्यवसायी बन्जाराद्धारा अशक्त नागरिकलाई ‘ह्वील चियर’ हस्तान्तरण

news-details

युवा व्यवसायी आकाश बन्जाराले चितवनको कालिका नगरपालिकाका अशक्त र विपन्न नागरिकलाई ह्वील चियर हस्तान्तरण गरेका छन् ।

ह्यान्डिक्राफ्ट व्यवसायीको रूपमा परिचय बनाउन सफल तथा नेचुरल साउण्ड हेलिङ अन्तर्राष्ट्रिय विद्यालयका सञ्चालक बन्जाराले कालिका नगरपालिकाका अशक्त र विपन्न नागरिकलाई ह्वील चियर हस्तान्तरण गरेका हुन् ।

उनले सहयोग गरेका ह्वील चियर सोमबार वडा कार्यालयको रोहबरमा वितरण गरिएको छ । पहिलो दिन ६ जनालाई ह्वील चियर वितरण गरिएको छ भने अझै वितरण गर्न बाँकी छन् ।

व्यवसायी बन्जाराले कालिका नगरपालिकाका वडा नम्बर ६ का अशक्त र विपन्न नागरिकका लागि ३५ वटा ह्वील चियर पठाइसकेका छन् । ती पनि वितरण गर्दै जाने बताइएको छ ।

आर्थिक अवस्था कमजोर र अशक्त नागरिकका लागि उनले ह्वील चियर सहयोग गरेका हुन् । व्यवसायी बन्जाराले ह्वील चियर पठाएपछि अशक्त नागरिकहरू खुसी भएका छन् । उनले काठमाडौं र अन्य ठाउँमा पनि ह्वील चियर सहयोग गरेका छन् ।

पछिल्लो समय हङकङलाई कर्मथलो बनाएका आकाश नेपालीको दुःखमा साथ दिइरहेका छन् । आकाश नेपाली हस्तकलालाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गरिरहेका छन् । उनले भियतनाम, चीन, हङकङ र ताइवानमा नेपाली हस्तकलालाई पठाइरहेका छन् ।

यति मात्रै नभएर उनले नेपाली कला संस्कृतिलाई समेत विदेशमा चिनाइरहेका छन् । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) हङकङका पूर्व अध्यक्ष समेत रहेका आकाश युवाहरूलाई उद्यमशीलता विकासमा लाग्न प्रेरित गरिरहेका छन् ।

हङकङका सफल ह्यान्डिक्राफ्ट व्यवसायी बन्जारा कालिका दैनिकका निर्देशक, चेपाङ संरक्षण केन्द्रका सल्लाहकार, अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ (फिने) हङकङका पूर्व अध्यक्ष, ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *