नेप्सेमा तेस्रो दिन पनि सुधार, कारोबार रकम तीन अर्ब नाघ्यो
- माघ २५, २०८०
- 0
सेयर बजार कारोबारमा लगातार तेस्रो दिन पनि सुधार छ । बिहीबार नेप्से परिसूचक ५.६८ अंकले बढ्दै २०९६.३२ पुगेको छ ।
सेयर कारोबार भएका ३१७ कम्पनीमध्ये १५७ का लगानीकर्ताले कमाएका छन् । जलविद्युत उपसमूह १.४४ प्रतिशतले बढेको छ । जलविद्युतका ६७ कम्पनीको सेयर मूल्य बढेको छ ।
समाज लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । बिहीबार ९१ लाख ७१ हजार ७ सय १० किता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब २१ करोड २२ लाख पुगेको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइस्योरेन्स, चन्द्रागिरि हिल्स, अपि पावर, ज्ञादी ग्रुप अफ पावर, एनआरएन इन्फ्रास्ट्रक्चर लगायत छन् । हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाखको सेयर कारोबार भएको छ । चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख, अपी पावरको ७ करोड ७५ लाख, ज्ञादीको ७ करोड र एनआरएनको ६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार भएकामध्ये ८२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटाको सेयर मूल्य स्थिर रह्यो ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










