बढ्यो डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य (मूल्यसूचिसहित)
- माघ १७, २०८०
- 0
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यमा वृद्धि भएपछि नेपाल आयल निगमले वृद्धि गरेको हो ।
अबको नयाँ मूल्य पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ भएको छ । त्यस्तै, डिजेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ पुगेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
त्यस्तै, एलपीजी ग्यास पनि १८९५ बाट बढेर १९१० रुपैयाँ पुगेको छ ।
वृद्धि भएको मूल्य आजै रातिदेखि लाग्र हुने निगमले जनाएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]











