सवा २ करोड नगदसहित व्यापारी नरेश अग्रवाल पक्राउ
- माघ ५, २०८०
- 0

राजस्व अनुसन्धान विभागले कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।
बिहीबार राति विभागको टोलीले क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मार्दा ३ हजार डलर र २ करोड १५ लाख रकम बरामद भएकाले उनलाई नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ ।
अग्रवालसँगै थप २ जना सहयोगीलाई पनि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । अरु २ जनाको नाम भने खुलाइएको छैन ।
अग्रवाल हुण्डी र क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । उनीमाथि कर चुहावटको आरोप लागेको छ ।
अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो ।
उनीमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
0 प्रतिक्रिया
विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गरिने, यस्ता छन मन्त्रीपरिषदका निर्णयहरु

काठमाडौं । नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ […]
नेपाली दूतावासद्धारा इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू

इजरायलस्थित नेपाली दूतावासले इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू गरेको छ। दूतावासले नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि गुगल […]
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा […]
नेता शास्त्रीको निधनप्रति कांग्रेसले तीनदिनसम्म झण्डा आधा झुकाएर शोक मनाउने

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको […]
मौसम बदलीसँगै यस्तो देखियो काठमाडौं (तस्बिरहरू)

हाल देशभरको मौसम साधारणतया बदलीदेखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको […]