एकल अंकले घट्यो नेप्से, आठ अर्ब बढिको कारोबार
- माघ ४, २०८०
- 0
शेयर बजार परिसुचक नेप्से आज(विहीबार) एकल अंकले घटेको छ ।
बुधबार दोहोरो अंकले घटेको नेप्से आज ७ दशमलव २४ अंकले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेर बन्द भएको हो ।
आज कारोबार भएका दुई सय ९८ कम्पनीमध्ये एक सय १२ कम्पनीको मूल्य बढेको छ भने एकसय ३३ कम्पनीको मूल्य घटेको छ । २ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च गिरावट आएको छ ।
आज तेह्रथुम पावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










