५० प्रतिशत छुटसहित विराटनगरमा सुरु भयो ‘ विराटनगर नेपाली जुत्ताघर’
- पुस २९, २०८०
- 0
विराटनगरमा प्रख्यात नेपाली ब्राण्डका जुत्ताचप्पलहरुको व्यापार मेला संचालनमा आउने भएको छ । विराटनगरस्थित पहिले सुरभी रिटेल भएको ठाउँमा यही माघ १ गतेबाट संचालनमा आउन लागेको जुत्ता मेला जाडो मौसम, विवाह तथा व्रतबन्धलाई लक्षित गरि आयोजना गरिएको हो ।
उक्त मेलामा हरेक जुत्ताचप्पल खरिदमा १ वर्षको वारेन्टीसहित १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला आयोजक तथा केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए ।
विराटनगर नेपाली जुत्ताघरमा चर्चित नेपाली ब्राण्डहरु केटिएम सुज, हाई लाइफ, सम्राट सुज, सिल्स र बेल्ली सुजका १ हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल रहेको आयोजक महतोले बताए ।
आर्थिक मन्दीका कारण देशमा अर्थतन्त्र चलायमान नहुँदा ग्राहक र उद्योगीलाई नै असर परेको बताउँदै उनले सबैलाई सहज होस् भन्नका लागि उत्पादन मुल्यमा नै जुत्ता बिक्री गरि उद्योगलाई चलायमान गराउन मेला आयोजना गरेको बताए ।
जुत्ता उत्पादक कम्पनी आफैंले मेला आयोजना गरेकोे हुनाले एजेन्सी, होलसेलर, रिटेलरको सबै खर्च कटाएर जुत्ता बिक्रि गरिने भएको हुनाले ग्राहकहरुले सस्तो मुल्यमा जुत्ता पाउने आयोजक महतो बताउँछन् ।
यसअघि पनि काठमाडौं, चितवन, जनकपुर लगायत देशका मुख्य शहरहरुमा पटक–पटक मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएपछि अहिले विराटनगरमा पनि मेला आयोजना गरिएको उनको भनाई छ ।
धेरै नेपालीहरुले रुचाईसकेका प्रख्यात नेपाली ब्राण्डका जुत्ताहरु विराटनगरवासीले पनि रुचाउनेमा आयोजक ढुक्क छन् ।
नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजकको दावी छ ।
स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि विराटनगरमा खोलिएको विराटनगर नेपाली जुत्ता घर सार्थक हुने अपेक्षा गरिएको छ ।















