अध्ययन तथा रोजगारीका लागि विदेश जानेले तीन दिनभित्रै लाइसेन्स पाउने
- पुस ११, २०८०
- 0

यातायात व्यवस्था विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जानेहरूलाई तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ।
यसबाहेक विभागले शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना र प्रहरीहरूका लागि पनि तीन दिनभित्र लाइसेन्स दिने बताएको छ।
बुधबार विभागले एक सूचना जारी गर्दै लाइसेन्स शिघ्र प्रिन्टका लागि पुस १५ गतेदेखि आवेदन दिन सकिने जनाएको छ।
शिघ्र प्रिन्टका लागि विभागले आफ्नो अनलाइन लाइसेन्स प्रणालीको पोर्टल मार्फत् आवेदन दिन आग्रह गरेको छ।
निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र स्मार्ट कार्ड सेवाग्राहीले पाउने पनि सूचनामा भनिएको छ।
0 प्रतिक्रिया
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न […]
दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक सोमबार बस्दैछ । राज्य व्यवस्था […]
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् अन्तरगत आज दुवै सदनको बैठक बस्दै छ । जस अन्तर्गत राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको […]
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा […]
मौसम पूर्वानुमान : आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी […]