‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठनको माग
- पुस ९, २०८०
- 0

नेपाल उद्योग वाणिज्य महासङ्घले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गर्दै सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा विवादलाई टुङ्गोमा पुर्याउन आयोग गठनको माग गरेको हो ।
महासङ्घले उक्त विवादको अन्त्य नभएसम्म विद्युत् लाइन नकाट्न तथा काटिएका उद्योगको लाइन तत्काल जोड्न आग्रह गरेको छ । ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी समस्या तत्काल सम्बोधन नभए धरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजस्वमा समेत असरपर्ने महासङ्घले जनाएको छ ।
महासङ्घले विद्यमान आर्थिक मन्दीका समयमा निजी क्षेत्रका मुद्दालाई गम्भीरतापूर्वक लिइ समस्या समाधानमा सरकारले पहल गर्ने विश्वास व्यक्त गरेको छ ।
0 प्रतिक्रिया
सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् । थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा […]
सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया शुरु

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन […]
एनआरएनए साउदी अरब : ५२ हजारभन्दा बढी श्रमिक प्रत्यक्ष लाभान्वित

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसि) साउदी अरबले नवौं राष्ट्रिय अधिवेशन (२०२३–२५ कार्यकाल) पश्चात सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै […]
प्रतिनिधि सभा बैठकको क्यालेण्डर : नीति तथा कार्यक्रम वैशाख १९ गते, ‘प्रि बजेट’ छलफल २८ देखि

संघीय संसद् अन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठकले प्रतिनिधि सभाको बैठक बस्ने मिति तय गरेको छ। आजबाट सुरु हुन लागेको बजेट […]
शिक्षकहरूका मागप्रति एनटीयूसी ऐक्यबद्धता, तत्काल समस्या समाधान गर्न आग्रह

नेपाल ट्रेड युनियन कांग्रेस(एनटीयूसी)ले काठमाडौंमा जारी शिक्षक–कर्मचारीहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै तत्काल माग सम्बोधन गर्न दबाब दिएको छ । शुक्रबार एनटीयूसीका […]