युवा शक्ति बाहिरिँदा मुलुकलाई क्षतिः मन्त्री साउद
- पुस ९, २०८०
- 0

परराष्ट्रमन्त्री एनपी साउदले युवा शक्ति बाहिर जाने क्रम बढ्दा मुलुकलाई क्षति भइरहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘हामीसँग भएको क्षमता शक्ति बाहिर जाँदा मुलुकलाई क्षति भइरहेको छ । कुनै पनि देशको समग्र जनसंख्याभित्र युवा जनशक्तिको हिस्सा धेरै हुन्छ । देशले विकास गर्ने समय त्यही नै हो । त्यही समयमा नै देशले आर्थिक विकास गर्न सक्छ’ उनले भने, ‘त्यसकारण हाम्रो देशको विकास हुने समय पनि यही हो ।’
एउटा बच्चालाई कस्तो बनाउने भन्ने कुरा विद्यालय, परिवार र समाजको हातमा हुने उल्लेख गर्दै मन्त्री साउदले क्षमतावान जनशक्ति समाजमा निर्माण गर्न सके राज्यको काममा पनि परिणाम राम्रो हुने बताए ।
‘अहिलेको नयाँ पुस्ताको प्रवेश कर्मचारीतन्त्र र राज्य व्यवस्थामा जरुरी छ’ उनले भने ।
0 प्रतिक्रिया
Shrestha Couple Donates the Largest Bell to Manakamana Temple in Sankhuwasabha

At the renowned religious site, Manakamana Temple in Sankhuwasabha district, Surendra Shrestha and his wife, currently residing in the United […]
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न […]
दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक सोमबार बस्दैछ । राज्य व्यवस्था […]
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् अन्तरगत आज दुवै सदनको बैठक बस्दै छ । जस अन्तर्गत राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको […]
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा […]