आरती साह मृत्यु प्रकरणमा मोतीबाबु पुनः पक्राउ
- पुस ९, २०८०
- 0
आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् ।
सोमबार विहान ११ बजे मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो ।
गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकस्थित घरमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरिएको थियो ।
जिल्ला अदालतले उनी दुबै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए ।
0 प्रतिक्रिया
तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा नवल किशोर यादव चयन
तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा नवल किशोर यादव चयन भएका छन । समाजको साधारणसभाले यादवको अध्यक्षतामा आगामी कार्यकालका लागि […]
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र चाहिएको छ : प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको […]
सहकारी क्षेत्रलाई व्यवस्थित गर्न शक्तिसम्पन्न प्राधिकरण गठन गरिने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न प्रभावकारी शक्ति सम्पन्न प्राधिकरण गठन गर्ने बताएका छन् । […]
परिणाम न्यून तर ‘प्रयास’ गरिरहेका मन्त्री पाण्डे
आकांक्षा धामी / बाजुराबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका नेता बद्री पाण्डे देशको ४१ औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा […]
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी […]