प्रधानमन्त्री दाहालले आज ‘विराट एक्स्पो’को उद्घाटन गर्ने
- पुस ६, २०८०
- 0

प्रधानमन्त्री पुष्पकमल दाहालले आज विराटनगमा ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका छन् ।
उद्घाटन अघि बिहान १० बजे प्रधानमन्त्री दाहालले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् ।
मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ ।
0 प्रतिक्रिया
घलेले आह्वान गरे एनआरएनएभित्र बृहत् एकताका लागि अपिल

गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले संस्था भित्र बृहत् एकताका लागि अपिल गरेका छन्। शुक्रवार […]
आर्थिक विकास र पूर्वाधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक वित्त आवश्यक : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक […]
आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताको तयारी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र […]
तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस् : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको […]
सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् । थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा […]