नर्सदेखि प्राविधिकसम्म सेनाले माग्यो १२५ जना कर्मचारी (सूचनासहित)
- मंसिर २९, २०८०
- 0

नेपाली सेनाले मेडिकल,हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि आज १ सय २५ जना कर्मचारी माग गरेको छ ।
शुक्रबार सेनाले एक सूचना प्रकाशित गर्दै हवाई सेवा,मेडिकल,प्राविधिकलगायत विविध पदमा १ सय २५ जना कर्मचारी मागेको छ ।
मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना,सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी चाहिएको शुक्रबार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सेनाले जनाएको छ ।
उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिनुपर्ने उल्लेख छ ।
सेनाले आवेदन दिँदा पदअनुसार फरक फरक दरखास्त शुल्क तिर्नुपर्ने जनाएको छ ।
0 प्रतिक्रिया
ताप्लेजुङ घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको […]
शिक्षकहरुको आन्दोलन आज पनि जारी

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । नेपाल शिक्षक […]
राप्रपा महामन्त्री राणा जमानीमा रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा […]
स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय

कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतवार बसेको […]
आज मौसम आंशिक बदली रहने

हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभावका साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम […]