चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशत हुने राष्ट्र बैंकको प्रक्षेपण (पूर्णपाठसहित)
- मंसिर २०, २०८०
- 0
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा चारदेखि पाँच प्रतिशतसम्म आर्थिक वृद्विदर हुने प्रक्षेपण गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा पेस गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा पेश गरिएको विवरणमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गरिएको हो ।
गभर्नर महाप्रसाद अधिकारीले कात्तिकको मूल्यवृद्धिमा सुधार हुने संकेत देखिएको बताए । असोजसम्म मूल्यवृद्धि ७.५ प्रतिशत रहेको र यो गत वर्षको सोही अवधिको तुलनामा एक प्रतिशत विन्दु कम भएको उनले बताए ।
यो कात्तिकमा अझै सुधार हुने उनको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएको राष्ट्र बैंकले जनाएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]














