इपिएस भाषाको परीक्षा शुल्क ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने

news-details

ग्लोबल आइएमई बैंकले १० औँ इपिएस कोरियन भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्ने भएको छ ।

परीक्षा शुल्क संकलनका लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखा र ग्लोबल बैंकबीच गतेसम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकले आफ्ना सम्पूर्ण १३३ शाखामा छुटट्ै काउण्टरको व्यवस्था गरि परीक्षा शुल्क संकलन गर्ने छ । साथै बैंकको मोवाईल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट’ तथा अनलाईन बैंकिङ ‘ग्लोबल अनलाईन’ मार्फत परीक्षा शुल्क भुक्तानी गर्न सकिने छ ।

सम्झौतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र ईपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले हस्ताक्षर गरे ।

आगामी जेठ २६ र २७ गते हुने निर्धारण गरिएको इपिएस कोरिया भाषा परीका लागि चैत ८ देखि १७ सम्म आवेदन फारम भर्न सकिने र फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने इपिएस शाखाले जनाएको छ ।

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग ईपिएस शाखासंगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *