काठमाडौं महानगरले माग्यो २३० कर्मचारी (सूचनासहित)
- मंसिर १६, २०८०
- 0

काठमाडौं महानगरपालिकाले करारमा काम गर्न २३० कर्मचारी मागेको छ।
शनिबार सूचना प्रकाशन गर्दै महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन कार्यका लागि २१ सुपरीवेक्षक र २०९ गणक मागेको हो।
महानगरले इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ६ गतेसम्म दरखास्त दिइसक्न भनेको छ। दरखास्त महानगरको वेभ साइटबाट दिन सकिने र शुल्क नलाग्ने महानगरले जनाएको छ।
सुपरीवेक्षकको पारिश्रमिक मासिक ३४ हजार ७३० रूपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ। गणकलाई मासिक ३२ हजार ९०२ रूपैयाँ पारिश्रमिक र २ हजार रूपैयाँ इन्टरनेट खर्च तोकेको छ।
काठमाडौं महानगरपालिकाका बासिन्दा, यसअघि जनगणना वा सर्वेक्षणमा काम गरेको र महानगरपलिकाबाट विगतमा पनि सोही कार्यक्रममा छनोट भएकाहरूलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
0 प्रतिक्रिया
शिक्षकहरुको आन्दोलन आज पनि जारी

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । नेपाल शिक्षक […]
राप्रपा महामन्त्री राणा जमानीमा रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा […]
स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय

कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतवार बसेको […]
आज मौसम आंशिक बदली रहने

हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभावका साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम […]
अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ […]