प्रभुले बैंकले पायो ‘बैंक अफ द इयर २०२३’ अवार्ड
- मंसिर १५, २०८०
- 0

सन् २०२३ का लागि बैंक अफ द इयरको अवार्ड प्रभु बैंकले पाएको छ । लण्डनको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड नेपालबाट यस पटक प्रभुले हात पारेको हो ।
बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख अधिकृत अशोक शेरचनले बिहीबार लण्डनमा आयोजित एक कार्यक्रममा यो अवार्ड ग्रहण गरेका छन् ।
विश्वका डेढ सय मुलुकबाट एक एक वटा बैंकले हरेक वर्ष यो अवार्ड पाउँदै आएका छन् । उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने बैंकलाई यो अवार्ड दिइँदै आएकोमा यो वर्ष नेपालबाट प्रभु बैंक छनोट भएको फाइनान्सियल टाइम्स अफ लण्डनले जनाएको छ ।
यसअघि २०२२ मा नेपालबाट हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले यो अवार्ड पाएको थियो । विभिन्न मुलुकबाट फाइनान्सियल टाइम्सले हरेक वर्ष एक एक वटा बैंकलाई यो अवार्ड प्रदान गर्दछ ।
0 प्रतिक्रिया
सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो। वार्तामा […]
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार […]
शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी

सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष […]
आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक […]
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली रहने

हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम […]