कयौँ सूचकहरु सकारात्मक रहेपनि अर्थतन्त्र अझै दबाबमुक्त छैन : प्रधानमन्त्री प्रचण्ड
- मंसिर ५, २०८०
- 0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गरेका छन ।
मंंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका कयौँ सूचकहरु सकारात्मक रहेपनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताए । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले सहकारी, लघुवित्त, बैंक व्याज, व्यवसायीको कर्जा सम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भएपनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताए । उनले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको बताए ।
0 प्रतिक्रिया
सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो। वार्तामा […]
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार […]
शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी

सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष […]
आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक […]
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली रहने

हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम […]