पाटन अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प
- कार्तिक २१, २०८०
- 0
चिकित्सक तथा स्वास्थ्यकर्मीले पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।
औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै शनिबार आफन्तले हातपात गरेपछि आन्दोलित चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।
शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।
कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभए र हातपात गर्नेलाई पकाउ नगरेसम्म आकस्मिकबाहेक सेवा बन्द गर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।