उद्धार र राहतमा प्रयोग हुने नेपाल एयरलाइन्स र सेनाको साधनका लागि निगमले इन्धन दिने

news-details

नेपाल आयल निगमले राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग हुने इन्धन बापतको रकम आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय गरेको छ ।

निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्यउपचार लगायत तत्काल उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गरेको छ ।

निगमले भनेको छ, ‘यस विपदको घडीमा भूकम्पप्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम नेपाल आयलनिगमले आफ्नो आर्थिक वर्ष २०८०–८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया