आजदेखि नयाँ नोट साट्न पाईने
- अशोज २९, २०८०
- 0

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ ।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने प्रवन्ध गरेकोे हो ।
राष्ट्र बैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।
५, १०, २०, ५० र सय रुपैयाँका नयाँ नोट एक जनालाई १८ हजार ५ सयसम्म सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।
उपत्यका बाहिर भने राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकका शाखाबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
0 प्रतिक्रिया
ललितपुर सिटी दोस्रो पटक एनएसएल च्याम्पियन

ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ । एनएसएलको तेस्रो संस्करणको आज भएको फाइनलमा […]
शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि हल्ला गर्नेहरू पुर्पुरोमा हात लगाएर बसे : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली सरकार नढल्ने स्पष्ट पारेका छन् । आज बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकार परिवर्तन […]
सरकार सुशासनका विरुद्ध खडा भएको बिचौलियाहरुको मात्र भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको बताएका छन् । शनिबार […]
सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो। वार्तामा […]
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार […]