पछि हट्यो निगम, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
- अशोज १४, २०८०
- 0
नेपाल आयल निगम, पेट्रोलियम पदार्थमा मुल्य बढाउने निर्णयबाट पछि हटेको छ ।
प्रधानमन्त्रीको निर्देशन पछि निगमले बढाएको मूल्य भरे मध्यराति १२ बजेदेखि लागु हुने गरी फिर्ता लिएको हो ।
गएराति १२ बजेदेखि पेट्रोलियम पदार्थको मुल्य बढाएको निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनबमोजिम मूल्यवृद्धि फिर्ता लिएको हो । निगमले प्रधानमन्त्रीको निर्देशनपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी लागु गरेको मूल्य वृद्धिको निर्णय फिर्ता निगमले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
‘स्वचालित मूल्य प्रणाली यथावत हुने गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि गर्ने निणर्य आजै राती १२ः ०० बजेबाट लागु हुनेगरी फिर्ता गरिएको छ’, जारी विज्ञप्तीमा भनिएको छ ।
0 प्रतिक्रिया
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि विनु यादव प्रहरी नियन्त्रणमा
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको […]
रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको […]
रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइँदै
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ । सहकारी […]
काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि आज बिजुली काट्ने भएको छ । मंगलबार प्राधिकरणले […]
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे समितिको बैठक कक्ष […]