दोलखाको सिंगटीबाट थप ३ किलो सुन बरामद
- अशोज १२, २०८०
- 0
दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ।
यसअघि बुधबार चार केजी सुन बरामद गरिएकोमा आज थप तीन किलो बरामद गरिएको हो । बिगु गाउँपालिका १ का स्थानीय २८ वर्षीय केशर तामाङको डेरामा खानतलासी गर्दा ३ केजी सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
केशरलाई प्रहरीले बुधबार नै पक्राउ गरेको थियो । यस्तै आज पनि प्रहरीले सुनसँगै थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु–१ नै घर भएका राज तामाङ रहेका छन् ।
हालसम्म पक्राउ पर्नेको संख्या ६ पुगेको छ । यसअघि प्रहरीले केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि विनु यादव प्रहरी नियन्त्रणमा
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको […]
रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको […]
रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइँदै
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ । सहकारी […]
काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि आज बिजुली काट्ने भएको छ । मंगलबार प्राधिकरणले […]
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे समितिको बैठक कक्ष […]