माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्रलाई जुत्ता-चप्पल कक्ष हस्तान्तरण
- फाल्गुन १७, २०७५
- 0
माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउनेहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको छ ।
बैंकले निर्माण गरेका संचरना शुक्रबार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले कक्षको साँचो कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई हस्तान्तरण गरे ।
यी कक्ष कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् । साथै, सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ । यसका साथै, पशुपति परिसरमा चौबीसै घण्टा प्रयोग गर्न मिल्ने गरि एटीएम समेत जडान गरि सञ्चालनमा ल्याइसकेको बैंकले जानकारी दिएको छ ।
यसअघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ९४ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १५७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११६ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।