विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने छ : प्रधानमन्त्री दाहाल
- अशोज १, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।
संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क गएका उनले पत्रकारहरुसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अव त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताएका छन् ।
सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उनको भनाई छ ।
उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाएका छन् ।
0 प्रतिक्रिया
मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणाधिन विमानस्थल निरीक्षण
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणधीन विमानस्थलको निरीक्षण गरेका छन् । शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण […]
दिक्षित हुन आएकाहरुले भरीभराउ रंगशाला
त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहका अवसरमा काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भेला भएका विद्यार्थी र अभिभावकहरु । समारोहमा १४ हजार ३ […]
युनाइटेड नेपाली डायस्पोराको प्रथम महाधिवेशन काठमाडौंमा जारी, जलवायु परिवर्तनका असरबारे छलफल
डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । दर्ता भएको करिव […]
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय […]
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न काठमाडौं महानगरको पत्राचार
काठमाडौं महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न […]