विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरु भोलिका लागि बन्द
- भदौ ३१, २०८०
- 0

नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टरहरु भोलि बन्द हुने भएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै असोज १ गते विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो ।
विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन भएको हुदाँ उक्त दिन काउन्टरहरु बन्द गर्न लागिएको हो ।
विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ ।
0 प्रतिक्रिया
राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभैई इमानको राजनीति गर्ने बताएका छन् । आइतबार बालुवाटारमा आयोजित […]
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, एक दर्जन बढी घाइते

काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी प्रहार गर्नुका […]
भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न लिङ्देनलाई चुनौती

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती […]
मलेसिया रोजगारीमा सिण्डिकेटको प्रतिवाद गर्न प्रगतिशिल मञ्चको आग्रह

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले मलेसियाको रोजगारीमा कामदार भर्नाका सन्दर्भमा देखिने सबै सिण्डिकेट गतिविधिहरूको प्रतिवाद गर्न व्यवसायीहरुलाई आग्रह गरेको […]
सांसद राई पक्राउबारे प्रहरीले दियो संसदलाई जानकारी

सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ । आइतबार नेपाल प्रहरीको अपराध […]