पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान, ४२ यात्रु लिएर भुटान उड्यो ड्रुक एयर
- भदौ २३, २०८०
- 0
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान शुरु भएको छ।
ड्रुक एयरको विमान केही बेरअघि ४२ यात्रु लिएर भुटानको पारोका लागि उडेको विमानस्थल प्रमुख देवचन्द्र लाल कर्णले बताए। चालक दलका तीन जना सदस्य मात्रै लिएर विमान शनिबार बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण गरेको थियो।
यसअघि चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो। गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो विमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्यो वेला सम्पन्न हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो।
तर, चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो। सञ्चालनमा आएको झण्डै आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको छ। प्रमुख कर्णले अब व्यावसायिक उडान नियमित बनाउन पनि प्रयास भइरहेको बताए।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










