गौतमबुद्ध विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि हङकङ र दिल्ली उडान सुरु
- भदौ १२, २०८०
- 0
नेपाल वायुसेवा निगमले मंगलबार देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।
भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमको बजार व्यवस्थापन र माग अनुसार उडानको संख्या थप्दै जाने जनाइएको छ ।
निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।
0 प्रतिक्रिया
मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ ज्ञान उदासलाई दिने निर्णय
संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज) र मनराम प्रतिष्ठानले संयुक्तरुपमा प्रत्येक बर्ष प्रदान गर्दै आएको मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ यस बर्ष अग्रज […]
सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने घोषणा गरेका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक […]
सामाजिक सुरक्षा कोष : १९ हजार बढी रोजगारदाता सूचिकृत, ६८ अर्ब ६८ करोड योगदान रकम
सामाजिक सुरक्षा कोषमा १९ हजार ७६९ रोजगारदाता सूचीकृत भएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन […]
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि विनु यादव प्रहरी नियन्त्रणमा
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले मंगलबार सर्वोच्चको मुल गेट नजिकको […]
रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको […]