बुवा गुमाएको दुइदिनमै काममा फर्किए मन्त्री किराँती

news-details

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती बुवा गुमाएको दुइदिनमै काममा फर्किएका छन् ।

शुक्रबार समाजिक संञ्जाल मार्फत उनले मर्ने त मरेर गैइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति हो भन्दै काममा फर्केको जानकारी दिएका हुन् ।

‘मर्ने त मरेर गैइजानु भयो । बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फँर्के । हाम्रो बुबाको उपचारमा दिन रात खट्नु हुने स्वास्थ्यकर्मीहरु, देश विदेशमा रहेर पनि बुवाको स्वास्थ्यलाभको कामना गर्नुहुने हाम्रो स्टमित्रहरु र भदौरे झरीमा रुझिभिजी आउनु भएका सम्पूर्ण मलामीजनहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *