सिभिल बैंकद्वारा बाल विकास समाजलाई एक लाख प्रदान
- फाल्गुन ७, २०७५
- 0

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बाल विकास समाजलाई रु एक लाखको चेक हस्तान्तरण गरेको छ ।
सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन् गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको बैंकका चिफ बिजिनेस अफिसर शाक्यले बताए ।
सिभिल बैंकले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम गर्दै आएको छ ।
यस अन्तरगत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ ।
बाल विकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।