नेपाल एयरलाइन्सको विमान डिले भएपछि छानबिन समिति गठन
- साउन २, २०८०
- 0

नेपाल एयरलाइन्सको क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।
निगमको आरए ४ सय २२ उडान भर्नु अगाडी ९ एन–एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो ।
अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ । कम्पनीले उडान ढिला भएकोप्रति यात्रुसँग माफी माग्दै आगामी दिनमा यस्तो नहुने प्रतिबद्धता जनाएको छ ।
चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टाभन्दा बढी रोकिएको थियो ।
उक्त विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका थिए ।
0 प्रतिक्रिया
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आज उपसमितिका संयोजक राजेन्द्र […]
चिकित्सा शिक्षा आयोगको बैठक: निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय […]
मञ्चमा राजेन्द्र लिङ्देन र कमल थापाको मिलन

कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु सहभागी भएका छन् । महाधिवेशनबाट अध्यक्षमा लिङ्देन […]
आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् […]
बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा

महोत्तरीको बर्दिबासमा सोमबारदेखि ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम सुरू भएको […]