२३ वटा निर्माण तथा सप्लायर्स कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी
- असार २४, २०८०
- 0
सरकारले विभिन्न २३ वटा निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।
देशभरका विभिन्न आयोजनामा ठेक्का लिएर जिम्मेवारी पुरा गर्न ढिलासुस्ति गर्दै आएका तथा सन्तोषजनक काम नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो ।
आज एक सूचना निकाल्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा कम्पनी तथा सप्लायर्सलाई कालो सूचिमा नराख्नुपर्ने कारण माग गरेको छ । सात दिनभित्र लिखित जवाफ सहित कार्यालयमा नगए सबै निमार्ण कम्पनी र सप्लायर्र्सलाई कालो सूचिमा राख्ने चेतावनी दिएको हो ।
सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो । सात दिनभित्र यदि पनि स्पष्टीकरण नदिए उक्त २३ वटा कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]











