ईसेवाले पनि सुरु गर्यो एटीएम सेवा
- असार ७, २०८०
- 0

ईसेवामा भएको रकम अब सिधै एटीएमबाट निकाल्न सकिने भएको छ । बुधवारदेखि ईसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा एटीएम सेवा सुरु गरेको हो ।
यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् ।
कम्पनीका अनुसार एटीएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्न सक्ने व्यवस्था मिलाईएको इसेवाले जनाएको छ ।
यसअघि ईसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो ।
0 प्रतिक्रिया
राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आज उपसमितिका संयोजक राजेन्द्र […]
चिकित्सा शिक्षा आयोगको बैठक: निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय […]
मञ्चमा राजेन्द्र लिङ्देन र कमल थापाको मिलन

कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु सहभागी भएका छन् । महाधिवेशनबाट अध्यक्षमा लिङ्देन […]
आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् […]
बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा

महोत्तरीको बर्दिबासमा सोमबारदेखि ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम सुरू भएको […]