भृकुटीमण्डपको फुटवेयर विजनेस एक्स्पोमा १० वटा कम्पनीका ३० भन्दा बढी ब्राण्ड
- असार ३, २०८०
- 0
नेपालका चर्चित १० वटा जुत्ता कम्पनीको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा फुटवेयर विजनेश एक्स्पो २०८० संचालनमा आएको छ ।
गर्मी मौसमलाई लक्षित गरी गत असार १ गतेबाट सुरु भएको एक्स्पो ३१ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई विश्वबजारमा चिनाउनका लागि मेला आयोजना गरेको मेला आयोजकले जानकारी दिएका छन् ।
मेलामा १० वटा कम्पनीका ३० भन्दा बढी ब्राण्ड समावेश भएका छन् भने १२ सय भन्दा बढी मोडलका जुत्ताचप्पल १५ देखि ५० प्रतिशतसम्म छुटमा पाइने मेला आयोजकहरुको बताएका छन् ।
मेला नेपालका चर्चित ब्राण्डहरु शिखर सुज, रन सुज, ब्याम्बो सुज, सु ल्याण्ड, वान वल्र्ड, भेनस सुज, पिजी सुज, हिमानी सुन, बोस सुज र फस स्टेप सुज लगायतको सहभागिता रहेको छ ।
मेलामा व्यवसायीबीचकै अस्वस्थ प्रतिष्पर्धालाई न्युनिकरण गराउँदै उद्योगी व्यवसायीबीच ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावना जगाउने जनाइएको छ ।
मेला आयोजक रुद्र न्यौपानेले आफैले उत्पादन गरेका जुत्ताचप्पल प्रत्यक्ष रुपमा उपभोक्तलाई लगाउन लगाएर खुशी साटासाट गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरेको बताए । २०७२ सालको भुकम्पपछि व्यवसायको क्षेत्रले ठूलो समस्या भोग्नुपरेको बताउँदै उनले नेपाल सरकारले व्यवसायीको हितमा काम नगर्दा त्यसको प्रत्यक्ष मार फुटवेयर क्षेत्रलाई परेका कारण मेला मार्फत व्यवसायी र उपभोक्तलाई नै सहज होस् भन्नका लागि एक्स्पोको आयोजना गरेको जानकारी दिए ।
मेलामा गुणस्तरिय र फेसनेबल जुत्ताहरु वारेन्टीका साथ सस्तो मुल्यमा पाउन सकिने बताउँदै आयोजक न्यौपानेले मेलामा धेरै उपभोक्ताहरु आउनेमा आफू लगायत सम्पुर्ण आयोजक टिम आशावादी रहेको बताए ।
त्यस्तै अर्का आयोजक सबिन कार्कीले १५ सय वटा उद्योगले भृकुटीमण्डपमा बेग्लाबेग्लै मेला लगाएता पनि सबै जिम्मेवारी आफूहरुलाई नै लाग्ने गरेको बताए । साथै उनले मेलामा बजारमा पाउनेभन्दा आधा कम मुल्यमा वारेन्टीसहित जुत्ता पाउन सकिने जानकारी दिए ।
‘‘समृद्धिको आधार स्वदेशी उत्पादनमा आत्मनिर्भरता’’ मुल मन्त्रलाई आत्मसात गर्दै सुरु भएको फुटवेयर विजनेश एक्स्पो नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै गुणस्तरीय र राम्रा जुत्ताचप्पल सस्तो मुल्यमा हरेक नेपाली सम्म पु¥याउनका लागि एक्स्पो गरिएको मेला संयोजक गंगा श्रेष्ठले बताए ।
गर्मी महिनालाई लक्षित गरि आयोजना गरिएको एक्स्पो १ महिनासम्म निरन्तर चल्ने छ भने ५० हजारभन्दा बढी जोर जुत्ता बिक्री गर्ने लक्ष्य मेला आयोजकको रहेको छ ।