बजेट वितरणमा कुनै पक्षपात र भेदभाव नभएको अर्थमन्त्री महतको प्रष्टोक्ति
- जेष्ठ २९, २०८०
- 0
अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्र बढी बजेट गएको भन्ने गुनासो सही नभएको बताएका छन् ।
प्रतिनिधिसभामा आर्थिक बर्ष २०८०/८१ को अनुमानित आय व्ययमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री महतले बजेट वितरण र बाँडफाँडमा कुनै पक्षपात नभएको प्रष्ट पारेका छन् ।
उनले भने ‘सबैको चासो चिन्ता के छ भने प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्र सारा बजेट गयो की भन्ने छ । हुँदा हुँदै ४० प्रतिशत नै बजेट गयो कि भन्ने छ । त्यस कुरामा कुनै सत्यता छैन् । त्यो चाही समग्र किताव र बजेट हेरेपछि थाहा हुन्छ । जस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुँजीगत तर्फ १२३ अर्व विनियोजन गरेकोमा ३ वटा जिल्लामा छुट्टयाएको रकम नगण्य नै छ । त्यस्तो होईन् । ’
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










