धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

news-details

काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्किएको छ ।

मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको एक्कासि आकाशमै ढोका खुलेपछि काठमाडौं विमानस्थलमै अवतरण गरेको हो ।

विमान उडेको केही समयपछि एयर प्रेसर फेलियर भएको थियो । विमान भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको बताइएको छ ।

विमानमा ७० जना भन्दा बढी यात्रु रहेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *