नयाँ व्यवस्थाले सेयर मार्केटलाई कुनै असर गर्दैन : अर्थमन्त्री महत
- जेष्ठ १७, २०८०
- 0

अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ आयकरको दायराले शेयर मार्केटका लगानीकर्तालाई कुनै असर नपर्ने प्रष्ट पारेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले केही सीमित ठूला लगानीकर्ताबाहेक सबैजसो लगानीकर्ताहरुले, आय विवरण पेश गरेर कर दाखिला गर्नुपर्ने व्यवस्था रहेको भन्दै त्यसले सेयर मार्केटको लगानीकर्तालाई नछुने दावी गरे ।
महतले भने,‘म स्पष्ट पार्न चाहन्छु सेयरमा लगानी गर्ने आमनागरिक करको दायरमा आउने भनेको छैन् । सेयर कारोबारको क्रममा घाटा पनि भएको हुन्छ, त्यसमा पनि कर लाग्ने कुरै भएन, ९९.९९ प्रतिशत नै यो भित्र पर्दैनन् ।’
९९.९९ प्रतिशत लगानीकर्ता आयकरको दायरामा नपर्ने बताएका उनले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु आत्तिनुपर्ने अवस्था नरहेको स्पस्ट पारे ।
0 प्रतिक्रिया
माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बस्दै छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा […]
संघीय संसद अन्तरगत संयुक्त समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ । आज मंगलबार […]
सरकार र शिक्षक महासंघबीचको वार्ता सकारात्मक

सरकार र प्रदर्शनरत शिक्षक महासंघबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि […]
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव […]