व्यवसायी पुरीले मोरङमा निर्माण गरिदिए विद्यालय भवन

news-details

युवा व्यवसायी तथा उद्यमी रघुनाथ पुरीले आफुले अध्ययन गरेको विद्यालयमा दुई कोठे पक्की भवन निर्माण गरिदिएका छन ।

पुरीले आफ्नै नीजि लगानीमा मोरङ, बेलबारी १० बलुवाहीमा अवस्थित श्री धीरनाथ सम्फूल विश्वास माध्यमिक विद्यालयलाई दुई कोठे पक्की भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन ।

‘यस विद्यालयका पूर्वविद्यार्थी, उद्योगी एवं सामाजिक व्यक्तित्व रघुनाथ पुरीले विद्यालयलाई दुई कोठे पक्की भवन बनाएर हस्तान्तरण गर्नुभएको छ, उहाँलाई विशेष र अशेष धन्यवाद ज्ञापन गर्दछौ’ धीरनाथ सम्फूल विश्वास मा.वि.परिवारले जनाएको छ ।

आफु पढेको विद्यालय अझ विशेषगरी शिक्षा क्षेत्रमा पुरीले पु¥याएको यो योगदान अतुलनिय रहेको जनाउदै विद्यालयले आफ्नो गाउँ र ठाउँको विकास गर्न अग्रसर उनको तन र मन सधै यस्तै क्षेत्रमा लागोस् भनि कामना गरेको छ ।

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघलगायत उक्त विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले पुरीलाई आभार प्रकट गरे ।

कार्यक्रममा बोल्दै पुरीले आफुले अक्षारम्भ गरेको र शिक्षा प्राप्त गरेको विद्यालयमा सहयोग गर्न पाएकोमा खुसी महसुस भएको बताउदै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने बताए ।

सफल युवा व्यवसायी एवं उद्यमी पुरी द रिभर ग्रुपका अध्यक्ष हुन भने हाइड्रोपावरलगायत दर्जनौ व्यवसायमा उनको लगानी रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *