नक्कली भुटानी शरणार्थी प्रकरण : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
- जेष्ठ ४, २०८०
- 0

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनी भुटानी शरणार्थीको रूपमा नेपालमा रहदै आएका थिए ।
काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले नेता रिजाललाई पक्राउ गरिएको पुष्टि गरे ।
नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा नेता रिजालको पनि संलग्नता भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको हो ।
नेता रिजाललाई झापाबाट पक्राउ गरेर काठमाडौं जिल्ला प्रहरी परिसरमा सोधपुछपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएकोमा अदालतले अनुसन्धानका लागि थप दुई दिनको समय थप गरेको छ ।
नक्कली भुटानी प्रकरणमा आर्थिक लेनदेनमा नेता रिजालको संलग्नता देखिएको भनाइ प्रहरीको छ ।
0 प्रतिक्रिया
प्रधानमन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन् […]
एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने भएको छ । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत १०० रुपैयाँ वा सो भन्दा […]
देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गरेका छन् । नेपाल सरकारको आफ्नै लगानी […]
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग आग्रह

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीहरुसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् । अबुधाबीमा […]
१७ औँ दिन पनि शिक्षक आन्दोलन जारी, सडक अस्तव्यस्त

शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ । नेपाल शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि […]