भारतको सहयोगमा दुई परियोजना निर्माण हुने
- जेष्ठ ४, २०८०
- 0

भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ ।
स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो ।
रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो । दुवै परियोजनामा कूल रु आठ करोड ३३ लाख लगानी हुने अनुमान गरिएको छ । परियोजना रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । परियोजना निर्माणले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास लिइएको छ ।
-रासस
0 प्रतिक्रिया
एनआरएनए एकता नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने रेग्मीको उद्घोष

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) उपाध्यक्ष राज रेग्मीले एनआरएनए एकता नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने उद्घोष गरेका […]
सुदुरपश्चीमका मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा

सुदुरपश्चीम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह भारत भ्रमणमा गएका छन् । मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका […]
शिक्षकको विषयमा सरकार गैरजिम्मेवार बनेको भन्दै संसदमा प्रतिपक्ष दलको विरोध

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरुले विरोध जनाएको छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् […]
माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बस्दै छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा […]