सुनको मूल्य एकै दिन एक हजार आठ सयले बढ्यो
- बैशाख २०, २०८०
- 0
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार आठ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार ५० छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार तीन सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०ले बढेर रु एक हजार चार सय २५ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
-रासस
0 प्रतिक्रिया
तस्विरमा हेर्नुहोस् मुस्ताङको कागबेनी र सेल्फी डाँडा
हिमालपारीको जिल्ला मुस्ताङ आफैंमा पनि सुन्दर, मनमोहक र आकर्षक छ । मुस्ताङ घुमेर फर्किनेहरु मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन् । मुस्ताङमा […]
काठमाडौं महानगरले सुरु गर्यो निःशुल्क भिडियो एक्स–रे
काठमाडौं महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य […]
आज मन्त्रालयहरूको त्रैमासिक समीक्षा हुँदै, प्रधानमन्त्रीले बोलाए सबै मन्त्री र सचिव
सरकारका मन्त्रीहरूको त्रैमासिक समीक्षा आज हुँदैछ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री […]
कर्णाली याक्सबाट खेल्न आइपुगे वाल्टन
कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन नेपाल आइपुगेका छन् । मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन […]
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थालाई अनुमति
निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि विभिन्न नौ वटा संस्थालाई अनुमति दिएको छ । आयोगले गत कात्तिक २६ को […]