ग्लोबल आइएमई बैंक र चिरायु हस्पिटलबीच सम्झौता
- माघ ७, २०७५
- 0
ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।
सम्भौतापत्रमा हस्पिटलका डाइरेक्टर संजिव राजभण्डारी र बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।
बैंकका १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११५ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय छन् ।
0 प्रतिक्रिया
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्कदै
नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन् । गत बुधबार पाँच दिने औपचारिक भ्रमणमा नेपाल […]
राष्ट्रिय गौरवका आयोजनाहरूमा प्रधानमन्त्री ओलीको चासो, आज ब्रिफिङ लिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै छन् । आइतबार राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन […]
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै
चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आज बस्दै छ । आइतबार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बिहान […]
रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदैछ । आइतबार म्याद थपका लागि प्रहरीले […]
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे […]