आइएमईको “७ मा ७ अफर”
- बैशाख ५, २०८०
- 0

आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ ।
विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद रु ७ हजार प्रदान गरिने छ । उक्त योजना २०८० बैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ ।
विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्नेछन ।
योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गरिने आइएमईले जनाएको छ ।
0 प्रतिक्रिया
वैदेशिक रोजगार व्यवसायीले वार्षिक सय जना कामदार पठाउनै पर्ने व्यवस्था हट्यो

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले […]
एनआरएनए एकतामा रेग्मी : कुनै पनि निर्वाचनमा सहभागी नहुने उद्घोष

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) उपाध्यक्ष राज रेग्मीले एनआरएनए एकता नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने उद्घोष गरेका […]
सुदुरपश्चीमका मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा

सुदुरपश्चीम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह भारत भ्रमणमा गएका छन् । मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका […]
शिक्षकको विषयमा सरकार गैरजिम्मेवार बनेको भन्दै संसदमा प्रतिपक्ष दलको विरोध

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरुले विरोध जनाएको छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् […]
माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी

चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक […]