उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु
- चैत्र २९, २०७९
- 0
नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
महासङ्घका प्रतिनिधिहरू मतदानस्थल प्रज्ञा भवन पुगेर आआफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् ।
हिजोबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुनेछ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ ।
साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।
यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा आउनेछन् ।
0 प्रतिक्रिया
जनकपुर र अयोध्यालाई हवाईसेवा मार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे
संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाट जोड्नुपर्ने बताएका छन् । बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी […]
जनसंख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको […]
धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण
धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार खुमलटार स्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर […]
फेरी बढ्यो सुनचाँदीको मूल्य
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय […]
तस्विरमा हेर्नुहोस् मुस्ताङको कागबेनी र सेल्फी डाँडा
हिमालपारीको जिल्ला मुस्ताङ आफैंमा पनि सुन्दर, मनमोहक र आकर्षक छ । मुस्ताङ घुमेर फर्किनेहरु मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन् । मुस्ताङमा […]