भैरहवाबाट जजिरा एयरले साताको तीन दिन कुवेत उडान गर्दै
- फाल्गुन २५, २०७९
- 0

जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने भएको छ।
विमानस्थल उद्घाटनको दिन २ जेठ २०७९ देखि नै नियमित उडान गर्दै आइरहेको जजिराले भैरहवामा बाक्लो हुस्सु लाग्न थालेपछि गत ६ पुसदेखि सेवा स्थगित गरेको थियो। अब आकाश खुल्न थालेसँगै उडान पुनः सुरु गर्न लागिएको हो।
जसअनुसार भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान हुने कम्पनीले जनाएको हो। जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ।
जजिराले भैरहवादेखि कुवेतसम्म २८ हजार ८ सय ३६ एकतर्फी उडानको भाडादर कायम गरेको नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए।
0 प्रतिक्रिया
रास्वपाले बझाङ, बाजुरा र दार्चुलामा ‘जनयात्रा’ कार्यक्रम गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले आगामी दिनमा संगठनलाई थप मजबुत बनाउँदै जनस्तरसम्म पहुँच विस्तार गर्ने उद्देश्यले बझाङ, बाजुरा र […]
जनमत र नाउपाबीच आज पार्टी एकीकरण हुँदै

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी […]
दुईवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति […]
प्रधानमन्त्रीले बोलाए सत्तारूढ दलको बैठक

सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ […]
मौसम पूर्वानुमान : यी भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका […]